

राष्ट्रिय कफी दिवस अवसरमा न्यूनतम मूल्य कायम



मंसिर १, काठमाण्डौ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य सोमबारदेखि लागू भएको छ । बोर्डले मङ्सिर १ गते अर्थात् सोमबारदेखि लागू हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको हो ।
उत्पादन लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ । बोर्डले आर्थिक वर्ष ०७६र७७ मा फ्रेस चेरी ग्रेड ुएु को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । त्यस्तै, फ्रेस चेरी ग्रेड ुबीु को मूल्य प्रतिकेजी ७५ रुपैयाँ कायम गरिएको थियो । पार्चमेन्ट कफी ग्रेड ुएु को प्रतिकेजी ४ सय २५ र ग्रेड ुबीु को मूल्य प्रतिकेजी ३ सय ७५ तोकिएको थियो ।
मध्यपहाडी क्षेत्रका गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, ललितपुरलगायतका जिल्लामा कफी उत्पादन क्षेत्र विस्तार हुँदै आएको छ । स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको माग बढ्दो छ । आर्थिक वर्ष २०७६र७७ को तथ्याङ्कअनुसार झण्डै ४७ मेट्रिक टन नेपाली कफी निर्यात हुँदा २६६ मेट्रिक टन विदेशी कफी आयात भएको छ ।
हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसका दिन मूल्य सार्वजनिक गर्दै आएको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ तय गरिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया