

कपिलवस्तु हाटबजार व्यावसायी समितिद्धारा निःशुल्क मास्क वितरण


कार्तिक १९ कपिलवस्तु
कपिलवस्तु हाटबजार व्यावसायी समितिले निःशुल्क मास्क वितरण गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट कोही पनि मास्क र स्यानेटाइजरको अभावमा संक्रमित हुन नपरोस भन्ने उद्देश्यले मास्क वितरण गरिएको हो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले कोरोनाको यो महामारीमा कपिलवस्तु हाटबजार व्यावसायी समितिले निशुल्क मास्क वितरण गरेर जनमानसमा चेतना जगाउँदै सन्देश दिएको बताउनुभयो । यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले सरकार, स्थानीय तह र प्रहरीले कोरोना महामारीको नियन्त्रणमा लागिपरेको भन्दै अन्य सं घसस्थाहरु पनि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
कारोना महामारीमा समितिले रोग लागेर उपचार गर्नुभन्दा पनि रोग लाग्न नदिनु नै वेश भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्दै बुधबार हाटबजार संचालन हुने भएकोले व्यावसायी, बजारमा आउने उपभोक्ता, जनसमुदाय सम्पूर्णलाई कोरोनाबाट सचेत बनाउन मास्क र स्यानेटाइजर वितरण गरिएको अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया