

नोभेम्बर ४ बाट तीन दिने नेपाल भ्रमण गर्दै भारतीय सेना प्रमुख नरभाने



कार्तिक ११, ई–साझाकुरा
भारतले सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमण मिति तय गरेको छ । भारतीय सेनाले तय गरेको मिति अनुसार नरभानेले यहि नोभेम्बर ४ तारिखबाट ३ दिने नेपाल भ्रमण गर्नुहुने भएको हो ।

यसअघि नेपाली सेनाले भातीय प्रमुख प्रमुख नरभानेलाई नेपाल भ्रमणका निमन्त्राणा गर्ने तयारी भइरहेकाे बताएको थियो । बिगत झैँ नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो ।
नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।
उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मुद्दा उचालेको आरोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्तिप्रति आपत्ति जनाइएको थियो । त्यसपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जनस्तरबाट दवाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए । यद्धपि यसअघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले नरभानेको भ्रमण स्वीकृत गरिसकेको थियो ।
त्यस्तै नेपालका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ पुस गते नै भारतको भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान लिइसकेका छन् । त्यस्तै २०७६ माघ २० कै मन्त्रिपरिषद बैठकले इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया