

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्षको निधन





कार्तिक ९, एजेन्सी
सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए ।
सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया