

धार्मिक सहिष्णुता कायम राखदै चाड पर्व मनाउन : राष्ट्रीय मदरसा संघ


अजय मिश्रा कृष्णनगर, कार्तिक ८
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्लस कलेजको प्रांगणमा राष्ट्रीय मदरसा संघका अध्यक्ष डा। अब्दुल गनि अल्कुफिको अध्यक्षतामा बडा दशै र मोहम्मद डे को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम जिल्ला प्रशासन कपिलवस्तुका प्रमुख दिर्घ नारायण पौडेलको प्रमुख अतिथियतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको आउदै गरेको चाड पर्वको अवसरमा सम्पूर्णमा सुख, समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो हिन्दू, मुस्लिम एक आपसमा मिलेर भाईचारा को सम्बन्ध रहेको र उक्त सम्बन्ध लाई अझै सुमधुर बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले धार्मिक सहिष्णुता कायम राख्दै चाड पर्व मनाउन आह्वान गर्नुभएको थियो ।
राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले शुभकामना सन्देश दिदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ को मध्यनजर गर्दै सुरक्षित रहि भिडभाड नगरी ,सामाजिक दूरी कायम गरी, माक्सको प्रयोग गरी एवम जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको निर्देशन पालन गरी आ–आफ्नो चाड पर्व मनाउन आग्रह गर्नुभएको थियो । ।
जसपा का प्रभावशाली नेता रवि दत्त मिश्र ले शुभकामना सन्देश दिदै आ–आफ्नो पर्व मनाउदा हामी सधै संयम हुन जरुरी रहेको उहाँको भनाई रहेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेलले दशै तथा मोहम्मद डे को शुभकामना सहित आयोजक टीम लाई धन्यवाद दिदै कोभिड–१९ को संक्रमण रहेकाले चाड पर्व आ–आफ्नो घरमै पुजापाठ गरि मनाउन आग्रह गर्नुभएको थियो ।
रविउल अउवल को शुभ अवसरमा अतिथि हरू लाई अन्तिम दूत मोहम्मद सल्लल्लाहु अले हे ओसल्लम को जीवनीको पुस्तक अनुवाद नेपाली भाषामा समेत प्रदान गरियो।
कार्यक्रममा सशस्त्र प्रहरी का एस.पि, नेपाल प्रहरी का डि.एस.पि, प्रहरी निरिक्षक सुकदेव पौडेल,नेकपा नगर अध्यक्ष जावेद आल्म खां, राष्ट्रीय मदरसा संघका सह संस्थापक डा. मंजुर अहमद खा, दिनेश चन्द्र गुप्ता, वंटी सरदार, वृजेश कुमार गुप्ता, मौलाना असलम मदनी, मौलाना लुकमान मदनी, हाफिज मोहम्मद तारिक, अब्दुल नुर, मौलाना कमरे आजम, शैख अब्दुल रसिद मदनी, मौलाना असिल अहमद नइमी, मौलाना जहिर अहमद बरेलवी, इन्जीनियर जियाउल हक खां, अनवार अहमद, मौलाना अब्दुल अजिम मदनी, डा. सहिद, नसरुल्ला खां, किफायतुल्ला खां, मिर्जा रासिद बेग, अब्दुल अजिम, समद खां नेपाली लगायत अन्यको उपस्थित रहेको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया