

बनगाईबाट सरकारलाई किशोरीहरुको प्रश्न : हामी सुरक्षित हुन्छौँ कहाँ ?


कात्तिक ७ कपिलवस्तु
देशव्यापि बढिरहेको महिला हिँसा र बलत्कारका घटना प्रति बिरोध जनाउँदै कपिलावस्को वाणगंगाका किशोरी तथा महिलाहरु केही दिन यता चरणबद्ध आन्दोनमा उत्रिएका छन् । सोही अनुसार आज वाणगंगा नगरपालिकाको वडा नम्बर ७ घेराव बनगाईमा किशोरी तथा महिलाहरुले हामी सुरक्षित हुन्छौँ कहाँ ? हामी अर्काे निर्मला हुन चाहन्नौ भन्दै कालो पहिरनमा बिरोध जनाएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ का किशोरी तथा महिलाहरु र उनीहरु सम्बद्ध पक्षहरुले साँझ ६ बजे बनगाई चोकमा बिरोध जनाएका हुन । उनीहरुले स्टप रेप, जस्टिक फर भिटिम, हवट ईज रेप ? छोरा जन्मदा दियो बालेको देखे, छोरी जन्मदा गर्वमै फालेको देखेँ लगाएतका नारा लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरको छन् ।

देशव्यापि बढिरहेको किशोरी तथा महिला बलत्कारका घटनमा संलग्नलाई राज्यस्तरबाट कुनै ठोस कार्वाही हुन नसकेको प्रति उनीहरुले आक्रोश पोखेका छन् । कञ्चनपुरकी निर्मला पन्तलाई सम्झदै उनीहरुले अब फेरी आफूहरु पनि अर्काे निर्मला बन्ने स्थित नआवस भन्दै बलत्कारीलाई कडा दण्ड तथा सजायको पनि माग गरेका छन् । बलत्कार तथा महिला हिँसा बिरुद्ध बुलन्द आवजमा उत्रिएका किशोरीहरुले कि त बलत्कारीलाई मृत्युको सजाय देउ होईन भने सक्दै भनि छोडि देउ भन्दै आक्रोश समेत पोखेका छन् ।
किशोरी प्रतिक्षा भुषाल र सृष्टी शर्माले बिरोध कार्यक्रमको संचालन गरेका थिए ।



खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया