

लद्दाखमा एक चिनियाँ सैनिकलाई पक्राउ गरेकाे भारतीय सेनाकाे दाबी : भारत चीन सीमा विवाद

पूर्वी लद्दाखको डेकचक क्षेत्रमा भारतले एक चिनियाँ सैनिकलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गर्दै भारततर्फ आइरहेका थिए ।
भारतीय सेनाका अनुसार, चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले भारतसँग पक्राउ परेका आफ्नो सैनिकको बारेमा जानकारी मागेको थियो । अब प्रोटोकलको पालना गर्दै ती सैनिक चीनलाई सुम्पिने भारतीय सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । गएको मे महिनायता भारत र चीन सेनाबीच सीमामा तनाव भइरहेको छ । यस क्रममा दुई सेनाबीच झडप पनि भएको थियो । गएको १५ जुन महिनामा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको ज्यान गएको थियो । समस्या समाधानका लागि दुवै पक्षबीच वार्ता भइरहे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया