

भारतका केही राज्यमा आजदेखि विद्यालयहरु खुल्ने, मुम्बईमा रेल पनि चल्ने



कार्तिक ३, एजेन्सी
भारतका केही राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन् ।
पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायत प्रदेशमा आजदेखि विद्यालयहरु स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित खुल्दैछन् । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु विद्यालय आएर अध्ययन गर्नेछन् ।

उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइनेछ । तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन । पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ ।
सिक्किममा पनि आजदेखि विद्यालयहरु खुल्दैछन् । त्यहाँको सरकारले जाडोको विदा र शनिबारको विदा समेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएको छ । भारतको केन्द्र सरकारले अनलाइन कक्षा र दूरी सिकाइ (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ । यसैगरी मुम्बईमा आजदेखि रेल चल्नेछ ।
बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म रेल चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया