

१० खेलाडीमा सीमित युभेन्ट्स नवप्रवेशी टिमसँग बराबरी



ई–साझाकुरा, कार्तिक २
इटालियन सिरि एमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ। शनिबार राति भएको प्रतिस्पर्धामा युभेन्ट्सलाई नवप्रवेशी टिम क्रोटोनेले १-१ गोलको बराबरीमा रोकेको हो।

खेलमा अग्रता क्रोटोनेले खेलको १२ मिनेटमा लियो। उसका लागि सिमीले पेनाल्टीमा गोल गरेका थिए। २१ मिनेटमा युभेन्ट्सले बराबरी गोल फर्काउन सफल भयो। युभेन्ट्सका लागि अल्भारो मोराटाले डेब्यू खेलाडी फेडेरिको केयसाको पासमा गोल गरेका थिए।
६० मिनेटमा उनै केयसाले रातो कार्ड पाउँदा युभेन्ट्स १० खेलाडीमा सीमित बन्यो। उनले लुका किगारिनीलाई फउल गरेपछि रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए।
खेलमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अनुपस्थित थिए। गत मंगलबार कोरोना भाइरसको संक्रमण भएपछि रोनाल्डो आइसोलेसनमा छन्।
यता मिलान डर्बीमा एसी मिलानले इन्टर मिलानलाई २-१ ले हराएको छ। नापोलीले एटलान्टामाथि ४-१ को जित हात पार्दा साम्पडोरियाले लाजियोलाई ३-० गोलले पराजित गरेको छ।
अंक तालिकामा एसी मिलान ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ।
दोस्रो स्थानका एटलान्टाको ९ अंक छ भने नापोली ८ अंकसहित तेस्रो स्थानमा छ। गोल अन्तरमा पछि परेको साविक विजेता युभेन्ट्स पनि ८ अंकसहित चौथो स्थानमा छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया