

जटिल बन्दै राष्ट्रपति ट्रम्पको स्वास्थ्य



एजेन्सी, असोज १९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे स्वास्थ्य थप जटिल बन्दै गएकाे छ । शुक्रबार ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियाे ।
ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शुक्रबार उनलाई ‘उच्च ज्वरो’ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अक्सिजनको तह कम भएको थियो।
एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको थियो । स्वास्थ्य विज्ञहरूले रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड-१९ भएको मान्दछन्।
चिकित्सकहरूले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा शुक्रबार अक्सिजन दिनुपरेको बताएका छन्। यध्यपी शनिबार पुनः दिइयो कि दिइएन भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन।
डा. कोन्ली ट्रम्पलाई शनिबार एन्टिभाइरल रिडडेभाइरसँगै डेक्सामेथासोन नामक स्टेरोइड पनि दिइएको बताए । सामान्यतया यो हल्का र मध्यम प्रकारका विरामीलाई भने प्रयोग गरिदैंन।
यस्तै उनीहरूले ट्रम्पको स्वास्थ्य सार्वजनिक गरिएभन्दा बढी नै गम्भीर भएको पनि आशंका गरेका छन्। ‘डेक्सामेथासोन यस बिन्दुमा उनलाई दिइएको सबैभन्दा रहस्यमय औषधि भएको देखिरहेका छौं’, न्यू योर्क शहरको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक नर्थवेल हेल्थका प्रमुख चिकित्सक डा. थोमस म्याकजिनले भने।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया