प्रकाश पाठकका तीन मुक्तक

१.मुक्तक

शिर ननिहुराए ठोकिने कटेरामा
बर्खामा पानी तालिने कटेरामा
प्रधानध्यापकको तीन तले घर बनेछ,
शिक्षक भने अझैसम्म चुहिने कटेरामा ।

२.मुक्तक

पापले पोल्छ भन्ने कुरा सम्झिनु होला
इज्जत जोगाइ राखी सम्हालिनु होला
घरबार बिगृन्छ,नानीबाबुको बिचल्ली हुन्छ
अर्काकी बुढीलाई आँखा नलाई दिनु होला । 

३.मुक्तक

स्वास्थ्य क्षेत्रमा लापरबाही गर्ने कहिलेसम्म हो
नदेखे झैं गरि आँखा तर्ने कहिलेसम्म हो
विकट गाउँमा कुनै डाक्टर पुगेनन्
उपचारै नपाएर मर्ने कहिलेसम्म हो ?
प्रकाश पाठक शिवराज २,कपिलवस्तु

प्रतिक्रिया