

श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न



भगवती न्याैपाने, कपिलवस्तु असोज ४
मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । महिला तथा बालबालिका हिंसा विरुद्धको हाम्रो अभियान भन्ने मूल नाराका साथ अभियानमा लागेको मेची महाकाली संयुक्त बुहारी आवाज कपिलवस्तुले आइतवार साँझ ४ नं चोकमा मृतक करुणाको संम्झनामा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रदेश सभा सदस्य रिना नेपालले ३ तहको सरकार बने पनि समाजमा पुरातन संस्कारलाई फाल्न नसकिएको बताउनुभयो ।

उहाँले संघीय लोकतन्त्र देशमा रहेपनि समाजमा परिवर्तन नभएको जिकिर गर्नुभयो । एउटै गर्भबाट जन्मेकी छोरीको पनि सुरक्षित नभएको बताउनुभयो । यस्तै वाणगंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले देशको कानुन कागजको पानामा मात्रै सिमित भएको बताउँदै छोरा छोरी दुवैलाई सभ्य संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाको लुम्बिनी अञ्चल विशेष सल्लाहकार गंगा के.सी., रुपन्देही जिल्ला संयोजक लता खड्काले नारीहरुले अझै पनि अकालमा ज्यान गुमाउनुपरेको र पीडित परिवारले न्याय नपाएको गुनासो गर्नुभयो । स्वर्गीय करुणाकी आमाले आफ्नी छोरीको विभत्सपूर्ण हत्या हुँदा पनि कानुनले हत्यारालाई दायरामा ल्याउन नसकेको दुःख व्यक्त गर्नुभयो । उहाँले विभिन्न ठाउँमा कानुनको ढोका ढकढकाउँदा पनि अपराधिलाई ढाकछोप गरेको गुनासो गर्नुभयो ।

जिल्ला संयोजक चन्द्रा अर्यालको अध्यक्षता उपाध्यक्ष सुष्मा खाँडको स्वागत मन्तव्यमा संचालन भएको कार्यक्रमको संचालन सचिव अञ्जु बन्जाडेले गर्नुभएको प्रेस सल्लाहकार भगवती न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा रुपन्देही, कपिलवस्तुका पदाधिकारी, समाजसेवी, स्थानीय, बुद्धिजिवी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया