

संविधान दिवसका अवसरमा २ सय ८९ कैदी जेलमुक्त हुँदै

असोज २, काठमाडौं ।
संविधान दिवसको अवसरमा देशभरका जेलबाट २ सय ८९ जना कैदीलाई बाँकी सजाय माफी मिनाहा गरेर जेलमुक्त गर्ने निर्णय गरिएको छ ।नेपाल सरकार ९मन्त्रिपरिषद्० को सिफारिसअनुसार शनिवार ९३ असोज० देखि लागु हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् ।
संविधानको धारा–२७६ फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन– ०७४ अनुसार सरकारको सिफारिसमा कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ ।फौजदारी कसुर–०७४ को ९कैद कट्टा० नियमावली–०७६ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट भुक्तान हुन बाँकी कैद मिनाहा गर्ने निर्णय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिएका छन् ।प्रमुख जिल्ला अधिकारी र जेलरको सिफरिसका आधारमा हेमराज तुम्बाहम्फेसहितका कैदी शनिवारबाट जेलमुक्त हुने भएका छन् ।५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीले मात्र माफि मिनाहा पाउँछन् । जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा मन्त्रिपरिषद्ले राष्ट्रिय दिवस र दशैंमा असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान गरेकालाई माफि मिनाहाको सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया