

वाणगंगामा अटो दुर्घटना, एकको मृत्यु


ई–साझाकुरा, भदौ १८
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका १० गनहा पुलस्थित भित्रि सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको हो । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लु १ ह २६४५ नं. को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देहीको गैडहवा गाउँपालिका ४ पौवा बस्ने ४० वर्षीय दयाशंकर चमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घटनामा चालक टम्केश्वर चमार सामान्य घाईते भएका छन् । त्यसैगरी दुर्घटनामा गैडहवा ४ कै ५० वर्षकी भानुमति रैदाश, इन्द्रवती हरिजन र लुम्विनी साँस्कृतिक नगरपालिका ११ बस्ने ३० वर्षीय विजय चमार घाईते भएका छन् ।
बुधवार भएको उक्त दुर्घटनामा परी अन्य चारजना घाईते भएका छन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया