

अनेरास्ववियु र युवा संघका युवाले गरे स्वास्थ्य सामग्री वितरण



भदौ १७ कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू ) कपिलवस्तु र राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले कोरोना सुरक्षार्थ सामाग्री वितरण गरेका छन् । आज जिल्लामा कोरोना संक्रमणका बिच फ्रन्टलाइनमा रहेर काम गरिरहनुभएका स्वास्थ्यकर्मि र सुरक्षाकर्मिहरुलालाइ कोरोना संक्रमण सुरक्षात्मक सामाग्री मास्क, सेनिटाइजर, हातधुने साबुन बितरण गरेको हो । ईलाका प्रहरी कार्यलय पिपरा, ट्राफिक प्रहरि पिपरा, सशस्त्र प्रहरि बल धरमपुर पटना, पटना स्वास्थ्य चौकि, प्रहरि चौकि मेचकुरि, शहरी स्वास्थ्य केन्द्र बरवा, राजापानी स्वास्थ्य चौकि, गजेहडा स्वास्थ्य चौकि, प्रहरि चौकि गजेहडा लगायतका स्थानमा बितरण कार्य सम्पन्न गरेको अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियू केन्द्रिय सदस्य एवम )नेकपा)पार्टी जिल्ला कमिटी सदस्य टुकलाल गैरे, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपालमणि ज्ञवाली, अनेरास्ववियू कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्याल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला संयोजक बिजय कुँवर सहित नेताहरु श्याम सुबेदि, कमल क्षेत्री, लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रम अनुरुप बिहिबार जिल्लोका शुद्धोधन गाउपालिका र मायादेवि गाउँपालिकामा पनि वितरण गरिने कार्यक्रम रहेको अनेरास्ववियु कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया