

चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण


ई–साझाकुरा, भदौ १३
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार परीक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा १० जनामा कोरोना देखिएको हो ।
तर, यस बारेमा चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन । ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टाइनमा बसेको बताईएको छ ।
चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् । (एजेन्सीकाे सहयाेगमा)


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया