

युरोपा लिगको उपाधि सेभिल्लाले जित्यो

ई–साझाकुरा, भदौ ६
युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो ।
सेभियाको जितमा लूक डी जोंगले २ गोल गरेका थिए भने एक गोल इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेका थिए । खेलको ७४औ मिनेटमा सेभियाका डिएगो कार्लोसले हानेको बाइस्कल किक लुकाकुले टच गर्दा गोल हुनपुगेको थियो ।
यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला अहिलेसम्म युरोपा लिगको इतिहासमा सबै भन्दा बढी २००६। २००७, २०१४, २०१५, २०१६ र २०२० मा गरि छैठौ पटक युरोपा लिग जितेको छ । त्यस्तै सेभिया अहिलेसम्म फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया