

पौने चार लाख भिडिओ डिलिट : टिकटक



शुक्रबार, भदौ ५, २०७७
काठमाडौं। चिनियाँ मोबाइल एप टिकटकले अमेरिकामा यो वर्ष तीन लाख ८० हजारभन्दा बढी भिडिओ डिलिट गरेको बताएको छ।

भड्काउवादी (हेट स्पिच) नीति उल्लंघन गरेको आरोपमा उक्त परिमाणमा भिडिओ मेटेको टिकटकले बताएको छ। साथै, १३ सयभन्दा बढी गालीगलौजका अकाउन्टमाथि पनि प्रतिबन्ध लगाएको छ।
टिकटकमा चीनको बाइटडान्स कम्पनीको स्वामित्व छ। टिकटकले ब्लगपोस्टमा दिएको जानकारी अनुसार कम्पनीले नस्लभेदी उत्पीडनवाला पोस्टविरुद्ध एक्सन लिएको हो।
संगठित भड्काउवादमाथि कम्पनी शून्य सहनशील रहेको र दास तथा हिंसक त्रासदिजन्य विषयवस्तुलाई पनि ब्लक गरिएको बताइएको छ।
हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइटडान्सलाई ९० दिनभित्र आफ्ना सबै सम्पत्ति बेच्न आदेश दिएका थिए। राष्ट्रपति ट्रम्पको धम्कीपश्चात् बाइटडान्सले यो कदम उठाएको हो।
टिकटकले कुनै पनि युजरको डाटा चीनलाई नदिएको स्पष्ट पारेको छ। चीनले माग गरे पनि आफूले नदिने उसको भनाइ छ।
चीनसँगको तनावपछि भारतले टिकटक एपमा प्रतिबन्ध लगाइसकेको छ। अमेरिका पनि अब सोही बाटोमा लागेको छ। (एजेन्सी)


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया