

धोनीले भारतको स्वान्त्रता दिवसको अवसर पारेर सन्यासको घोषणा



शनिबार, साउन ३१
भारतीय क्रिकेट टीमका पुर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

धोनीले शनिबार समाजिक संजाल इन्स्टाग्राममार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। मलाई यहाँसम्मको यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, धोनीले इन्स्टाग्राममा लेखेका छन्।
धोनीले भारतको स्वान्त्रता दिवसको अवसर पारेर सन्यासको घोषणा गरेका हुन्। धोनीले आईसीसी विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। पछिल्लो समय भारतीय क्रिकेट बोर्डले पनि धोनीलाई सेन्ट्रल कन्ट्रयाक्टबाट हटाएको थियो।
धोनीकै कप्तानीमा भारतले ट्वान्टी-२० विश्वकप २००७, एसिया कप २०१०, च्याम्पियन्स ट्रफी २०१३ तथा एकदिवसीय विश्वकप २०११ को उपाधि जितेको थियो।
आईसीसीका तीनवटै प्रतियोगिताको उपाधि जित्ने धोनी एक्लो कप्तान हुन्। टेष्ट क्रिकेटमा पनि धोनीको कप्तानीमा भारतले राम्रो नतिजा निकालेको थियो। त्यसैले उनी भारतीय क्रिकेट प्रेमीमाझ लोकप्रिय छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया