संक्रमणबाट जोगिन बढाउनुस् रोगप्रतिरोधात्मक क्षमता, यी खानेकुरा काम लाग्छन्

अहिले भिटामिन सी सप्लिमेन्टहरू ठूलो संख्यामा बिकिरहेको भए पनि रुघाको रोकथाम गर्न यी प्रभावकारी छन् भन्ने विषयमा ठोस प्रमाण भेटिँदैन ।

तर कोरोनाविरुद्ध तपाईंले रोगप्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) बढाउनु चाहिँ जरूरी छ ।

‘स्वस्थ रहनका लागि व्यायाम गर्नु सबभन्दा उपयुक्त उपाय हो,’ बर्मिंघम विश्वविद्यालयमा इम्युनिटी र वार्धक्यका विषयविज्ञ प्राध्यापक ज्यानेट लर्डले बताए ।

व्यायाम गर्दा त्यसको एन्टी–इन्फ्लेमेटोरी प्रभाव पर्छ र न्युट्रोफिल भनिने रोगप्रतिरोधात्मक कोशिकाहरू संक्रमण भएको ठाउँमा छिटो पुग्छन् । यसले म्याक्रोफेग्स भनिने अन्य इम्युन कोशिकालाई पनि सहायता गर्छ । तिनले शरीरलाई संक्रमणबाट रोक्न गश्ती गर्छन् ।

 

रोगप्रतिरोधात्मक क्षमता बढाउने अर्को उपाय भनेको कम नून खाने हो ।

एक अध्ययनमा देखिएअनुसार, मुसाहरूलाई नूनिलो खानेकुरा खुवाउँदा ब्याक्टेरियाको संक्रमणको जोखिम बढ्यो ।

अनि मानिसहरूलाई दिनको ६ ग्राम नून दिइँदा ब्याक्टेरियासँग लड्ने उनीहरूको क्षमता ध्वस्त भयो ।

त्यसैगरी लकडाउनको बेलामा समय कटाउन यसो चुस्की लगाउन मन लाग्दो हो । तर पाइयो भन्दैमा बेस्सरी रक्सी पिउँदा इम्युन सिस्टम ध्वस्त हुन्छ । त्यसैले ठिक्क मात्रामा मात्र रक्सी पिउनुहोला ।

हप्ताको १४ युनिटभन्दा बढी रक्सी नपिउनुहोला । त्यो भनेको पाँच गिलास वाइन हो ।

घाम ताप्दा भिटामिन डी भरपूर पाइन्छ ।

‘भिटामिन डीले इम्युन सिस्टममा राम्रो असर पार्छ,’ युनिभर्सिटी कलेज लन्डनमा इम्युनोलोजीका प्राध्यापक आर्ने अकबरले बताए ।

खानेकुराबाट पनि भिटामिन डी पाइन्छ तर घाम ताप्दा त्यसभन्दा निकै धेरै भिटामिन पाइन्छ ।

त्यसबाहेक शाकाहारी भोजन गर्दा पनि इम्युनिटी बढाउन सकिन्छ । जति धेरथरी खानेकुरा खायो, त्यति राम्रो हुन्छ । तरकारी, फलफूल, नटुक्र्याइएका अन्न, गेडागुडी र दाल अनि बियाँहरू खानुपर्छ ।

विभिन्न रंगका खानेकुरा खान सल्लाह दिइन्छ । जस्तो हरियो र कालो अंगुर ।

अनि जिंक खानेहरूमा संक्रमण दर नखानेमा भन्दा कम हुन्छ । जिंक रोगप्रतिरोधक क्षमताका लागि लाभदायक छ ।

जिंक चाहिँ दुग्ध पदार्थ र अन्नहरूमा पाइन्छ ।

प्रतिक्रिया