भारतमा कोरोना : संक्रमितको संख्या एक करोड नजिक

मंसिर ३०, काठमाडौं ।
भारतमा कोरोना संक्रमितको संख्या एक करोड नजिक पुगेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन २१ हजार ७ सय ९१ जनामा संक्रमण देखिएको छ । यसरी कुल संक्रमितको संख्या ९९ लाख ६ हजार ५ सय ७ पुगेको हो ।

त्यस्तै भारतमा एकैदिन कोरोना संक्रमणबाछ ३ सय ५३ जनाको मृत्य भएको छ । यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लका ४३ हजार ७ सय ४६ पुगेको छ ।

त्यस्तै भारतमा ९४ लाख २१ हजार ८ सय ३२ जना संक्रमित उपचारपछि निको भएका छन् भने ३ लाख ४० हजार ९ सय २९ जना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया

खबर सबै