

१ सय ५० नेपाली मलेसियाको जेलमा





मंसिर २७,
रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ ।
क्वालालम्पुर स्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन थापाले मलेसियामा विभिन्न करणले जेल जीवन बिताई रहेका नेपालीहरुको सङ्ख्या १ सय ५० रहेको जानकारी दिएका छन् ।
गत डिसेम्बर ४ तारिख मात्रै दूतावासले पहलमा मलेसियाको अध्यागमन विभाग संग समन्वय गर्दै विभिन्न करणले जेल जीवन बिताई रहेका ५० जना नेपालीलाई नेपाल पठाएको सचिव थापाले बताए ।
नेपालमा पनि धेरै बिदेशीहरु जेल पारेको प्रसंग उल्लेख गर्दै सचिव थापाले उनीहरुले पनि नेपालको कानूनले तोकेको सजाय भुक्तानी गरेर मात्र आफ्नो देश फर्किन सक्ने जनाए ।
धेरै नेपालीहरुले मलेसियाको कानून उलङ्घन गरेको र गैरकानूनी हैसियतमा बसेकाहरुले पनि जरिवाना तिर्नुपर्ने उनले बताए ।
मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायतले नेपाली जेल पर्ने गरेका छन् ।
सोही लाइभ कार्यक्रममा बोल्दै दूतावासका श्रमसहचारी प्रकाश पन्थीले आफू बसेको मुलुकको कानून पालना गर्न नेपालीहरूलाई आग्रह गरे ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया