

लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना पक्राउ






सुरेश कुमार पाण्डे, २० मङ्सिर, कपिलवस्तु
लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना मानिसलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सोमबार ०६:३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका २ लखनचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नं.को स्कुटीमा चाँदी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँ पालिका ५ का २२ वर्षिय उमेश सुनारले बोकेको साईड ब्यागभित्र लुकाई राखेको अवस्थामा अन्दाजी मूल्य रु. ९६,०००(छेयानव्बे हजार ) बराबरको अन्दाजी ७३ तोला चाँदी र सेतो रातो पत्थर ४८ पिस फेला पारी स्कुटी उनी हरुलाइ नियन्त्रणमा लिएको हो ।
चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ का २६ वर्षिय सुगम पुन रहेका छन ।
उनीबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया