
बर्दियामा टिपरको ठक्करबाट दुईको मृत्यु

मंसिर १८, बर्दिया ।
बर्दियामा बिहीबार दिँउसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गुलरियाबाट भुरीगाउँतर्फ गइरहेको बा १६ च नम्बरको कारलाई ढोढरीबाट गुलरियातर्फ आइरहेको ना ८ ख ३१४ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
हुलाकी सडक अन्तर्गत मधुवन नगरपालिका माचर चोकमा दुर्घटना हुँदा कारमा सवार गुलरिया नपा—४ का २३ वर्षीय सुरेन्द्र गोडिया र भिमदत्त नगरपालिका वडा नम्बर नखुलेको १८ वर्षीय निधि सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापाले बताए ।
यस्तै, कारमा सवार चालक गुलरिया—४ का मनोज लोनिया, भिमदत्त नगरपालिकी कमला सुनार र सोही ठाउँकी कृतिका सुनार गम्भीर घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक थापाले जनाए । टिपर चालक कोहलपुर—६ रझेनाका रमेश थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २० किमी पश्चिममा पर्दछ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया