

बर्दियामा टिपरको ठक्करबाट दुईको मृत्यु



मंसिर १८, बर्दिया ।
बर्दियामा बिहीबार दिँउसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गुलरियाबाट भुरीगाउँतर्फ गइरहेको बा १६ च नम्बरको कारलाई ढोढरीबाट गुलरियातर्फ आइरहेको ना ८ ख ३१४ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
हुलाकी सडक अन्तर्गत मधुवन नगरपालिका माचर चोकमा दुर्घटना हुँदा कारमा सवार गुलरिया नपा—४ का २३ वर्षीय सुरेन्द्र गोडिया र भिमदत्त नगरपालिका वडा नम्बर नखुलेको १८ वर्षीय निधि सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापाले बताए ।
यस्तै, कारमा सवार चालक गुलरिया—४ का मनोज लोनिया, भिमदत्त नगरपालिकी कमला सुनार र सोही ठाउँकी कृतिका सुनार गम्भीर घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक थापाले जनाए । टिपर चालक कोहलपुर—६ रझेनाका रमेश थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २० किमी पश्चिममा पर्दछ ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया