

कोरोना विरुद्धको रुसी भ्याक्सिनको मुल्य अर्को हप्ता सार्वजनिक हुने





मंसिर ८ काठमाडौं।
रुसले बनाएको कोरोना विरुद्धको भ्याक्सिन स्पुतनिक भी अमेरिकी कम्पनी फाइजर र माडर्नाले बनाएको भ्याक्सिन भन्दा सस्तो हुने भएको छ। स्पुतिनक भी को अफिसियल ट्विटर ह्याण्डलबाट गरिएको ट्वीटमा यस्तो दाबी गरिएको हो।
यो भ्याक्सिन बनाउने रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फण्डका प्रवक्तालाई उद्धृत गर्दै तास न्युज एजेन्सीले भ्याक्सिनको मूल्य अर्को हप्ता सार्वजनिक गरिएको जनाएको छ।
कम्पनीको ट्वीटमा भनिएको छ, ‘फाइजरका तर्फबाट बताएको एउटा भ्याक्सिनको एक डोजको मूलय १९।५० डलर हुनेछ। माडर्नाको मूल्य २५ देखि ३७ डलर राखिएको छ। एक व्यक्तिले दुई डोज लिनुपर्छ। यो हिसावले यसको मूल्य ३९ डलरदेखि ५० देखि ७४ डरलसम्म हुन्छ। यसको अनुपातमा स्पुतनिक–भी को मूल्य निकै कम हुनेछ।’
यो भ्याक्सिनलाई ग्यामेलिया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजी र रसियन डाइरेन्ट इन्भेस्मेन्ट फण्ड मिलेर विकसित गरेका हुन्।
यसैबीच विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ८४ लाख नाघेको छ। ती मध्ये ४ करोड ४६ लाख निको भएका छन् भने अहिलेसम्म १३ लाख ८६ हजार भन्दा धेरैको मृत्यु भएको छ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण अमेरिकामा मात्रै नभइ पूरै विश्वभर खतरनाक तरिकाले फैलिरहेको बताएका छन्। उता इटलीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।
सबैभन्दा धेरै अमेरिकामा १ करोड २ भन्दा धेरै संक्रमित पुगेका छन्। अमेरिकामा हालसम्म २ लाख ६१ हजार ७९० को मृत्यु भएको छ भने ७४ लाख ३ हजार ८४७ जना निको भएका छन्।
दोस्रो नम्बरमा रहेको भारतमा ९० लाख ९५ हजार ९०८ जना संक्रमित भएका छन् भने भारतमा १ लाख ३३ हजार बढीको मृत्यु भएको छ। भारतमा ८५ लाख २१ हजार ६१७ जना निको भएका छन्।
तेस्रो नम्बरमा रहेको ब्राजीलमा ६० लाख ५२ हजार ७८६ जना संक्रमित भएका छन् भने २ लाख ६९ हजार बढीको मृत्यु भएको छ। त्यहाँ ५४ लाख २९ हजार धेरै निको भएका छन्।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया