

राष्ट्रिय स्वतन्त्र पार्टी बाणगंगाको प्रथम नगर अधिवेशन सम्पन्न, बुद्धिसागर सभापतिमा सर्वसम्मत चयन


कपिलवस्तुको बाणगंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट बुद्धिसागर बेल्बासे सर्वसम्मत रूपमा नगर सभापतिमा चयन भएका छन्।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै नगर समितिलाई पूर्णता दिएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले पार्टीलाई जनताको भरोसायोग्य शक्ति बनाउँदै सुशासन, पारदर्शिता र विकासका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका थिए।
नवनिर्वाचित सभापति बेल्बासेले आफूलाई दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाणगंगामा पार्टी संगठनलाई अझ सशक्त बनाउने बताए। उनले युवाहरूको सक्रिय सहभागिता, जनतासँग प्रत्यक्ष संवाद तथा स्थानीय समस्याको समाधानमा केन्द्रित भएर काम गर्ने धारणा राखे।
अधिवेशनमा पार्टीका जिल्ला तथा क्षेत्रीय तहका नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया