

सडक छेवैमा फोहोर, व्याडमिण्टन कोट नै बन्यो डम्पिङ स्थल



मंसिर ४ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकाले उचित फोहोर व्यवस्थापन गर्न नसकेका विषयमा तिव्र आलोचना भईरहेका बेला नगर अन्र्तगतका वडाहरुमा पनि त्यस्तै समस्या देखा परेको छ ।

नगरपालिकाको वडा नम्बर ७ र वडा नम्बर ९ स्थित सीमा क्षेत्रमा उचित स्थानमा फोहोर व्यवस्थापन हुन नसक्दा अहिले सडकमा यात्रा गर्नेहरु दुर्गन्ध सँग सामाना गर्न बाध्य छन् । दुई वडको सीमा क्षेत्र स्थित कोईली नदीको किनारमा बनाईएको व्याडमिण्टन कोटमा अहिले फोरफाल्ने डम्पिङ साईड बनेको छ ।
घेरवा बनगाई देखि भलवाड हुँदै अर्घाखाँचीको डोहोँटे जोड्ने सो सडकको किनार स्थित व्याडमिण्टन कोटमा जथाभावि फालिएको फोरको व्यवस्थापनमा दुबै वडाले जागरुकता देखाउन नसकको स्थानियको भनाई छ । त्यस्तै वडा नम्बर ९ मा पर्ने कपिलआरोग्य मन्दिर कपिलधाम, साहित्य चौतारी र नवनिर्मित बौद्धविहारको प्रवेशद्धारको रुपमा रहेको स्थानमै फोहोर थुप्रिदा महत्व बोकेका स्थानको सुन्दरता समेत खोसिएको छ ।
यसैबिच कपिलआरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यले बौद्धविहार समिति र वडा अध्यक्षलाई आफुले यस विषयमा जानकारी गराएको भन्दै सो स्थानमा फोहोर नफाल्न आग्रह गरिएको बताउनुभएको छ । यता सो स्थानमा फाँलिएको फोहोरको सम्बन्धित टोलविकास संस्थाको माध्यमबाट तत्काल सफाई गराउने वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो । त्यस्तै उहाँले स्थायी रुपमा फोहोर डम्पिङ स्थल पनि बनाउने बताउनुभयो ।
अहिले सडक छेवैमा विस्थापित गरिएको फोहोरका कारण दुर्गन्ध समेत फैलन थालिसकेको छ भने आर्थिक लगानि सहित निर्माण गरिएको व्याडमिण्टन कोट पनि डम्पिङ स्थलमा परिणत भएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया