

सडक छेवैमा फोहोर, व्याडमिण्टन कोट नै बन्यो डम्पिङ स्थल



मंसिर ४ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकाले उचित फोहोर व्यवस्थापन गर्न नसकेका विषयमा तिव्र आलोचना भईरहेका बेला नगर अन्र्तगतका वडाहरुमा पनि त्यस्तै समस्या देखा परेको छ ।

नगरपालिकाको वडा नम्बर ७ र वडा नम्बर ९ स्थित सीमा क्षेत्रमा उचित स्थानमा फोहोर व्यवस्थापन हुन नसक्दा अहिले सडकमा यात्रा गर्नेहरु दुर्गन्ध सँग सामाना गर्न बाध्य छन् । दुई वडको सीमा क्षेत्र स्थित कोईली नदीको किनारमा बनाईएको व्याडमिण्टन कोटमा अहिले फोरफाल्ने डम्पिङ साईड बनेको छ ।
घेरवा बनगाई देखि भलवाड हुँदै अर्घाखाँचीको डोहोँटे जोड्ने सो सडकको किनार स्थित व्याडमिण्टन कोटमा जथाभावि फालिएको फोरको व्यवस्थापनमा दुबै वडाले जागरुकता देखाउन नसकको स्थानियको भनाई छ । त्यस्तै वडा नम्बर ९ मा पर्ने कपिलआरोग्य मन्दिर कपिलधाम, साहित्य चौतारी र नवनिर्मित बौद्धविहारको प्रवेशद्धारको रुपमा रहेको स्थानमै फोहोर थुप्रिदा महत्व बोकेका स्थानको सुन्दरता समेत खोसिएको छ ।
यसैबिच कपिलआरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यले बौद्धविहार समिति र वडा अध्यक्षलाई आफुले यस विषयमा जानकारी गराएको भन्दै सो स्थानमा फोहोर नफाल्न आग्रह गरिएको बताउनुभएको छ । यता सो स्थानमा फाँलिएको फोहोरको सम्बन्धित टोलविकास संस्थाको माध्यमबाट तत्काल सफाई गराउने वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो । त्यस्तै उहाँले स्थायी रुपमा फोहोर डम्पिङ स्थल पनि बनाउने बताउनुभयो ।
अहिले सडक छेवैमा विस्थापित गरिएको फोहोरका कारण दुर्गन्ध समेत फैलन थालिसकेको छ भने आर्थिक लगानि सहित निर्माण गरिएको व्याडमिण्टन कोट पनि डम्पिङ स्थलमा परिणत भएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया