
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन

श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत विपन्न तथा जेहेन्दार महिलालाई २५ प्रतिशत लागत साझेदारीमा ई–रिक्सा हस्तान्तरण गरेको छ।
कार्यक्रमअन्तर्गत कपिलवस्तुको गजेहडा निवासी मीना कुमारी रेशमी बगालेलाई अनुदानमा ई–रिक्सा प्रदान गरिएको हो। वन समूहका अनुसार यस कार्यक्रमले लाभग्राहीको आयआर्जन वृद्धि, आर्थिक सशक्तीकरण तथा वातावरणमैत्री यातायातको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

ई–रिक्सा प्राप्त गरेपछि लाभग्राही मीना कुमारी रेशमी बगालेले वन समूहप्रति आभार व्यक्त गर्दै अब आफ्नै मेहनतबाट आयआर्जन गरी परिवारलाई आर्थिक रूपमा सबल बनाउने विश्वास व्यक्त गरिन्। उनले यस सहयोगले आफ्नो जीवनमा नयाँ आत्मविश्वास र आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको बताइन्।
कार्यक्रममा बोल्दै सब–डिभिजन वन कार्यालय, मोतीपुरका वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले सामुदायिक वनले काठ–दाउरा व्यवस्थापन र वन संरक्षणमा मात्र सीमित नभई गरिबी न्यूनीकरण तथा समुदायको आर्थिक विकासमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। वातावरणमैत्री ई–रिक्सा वितरणमार्फत श्रृंगीघाट सामुदायिक वनले महिला सशक्तीकरण र हरित उद्यमशीलतालाई एकैसाथ प्रवर्द्धन गरेको भन्दै उनले समूहको प्रशंसा गरे।
समूहकी सचिव सुष्मा खाँणले कार्यक्रमको उद्देश्य पछाडि परेका महिलालाई आत्मनिर्भर र व्यावसायिक बनाउनु रहेको बताइन्। उनका अनुसार ई–रिक्सा केवल सवारी साधन मात्र नभई लाभग्राहीको आर्थिक स्वतन्त्रता, सम्मानजनक जीवनयापन र दिगो आयआर्जनको माध्यम बन्ने विश्वास गरिएको छ।
समूहका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी ‘सुशील’ ले वन संरक्षणसँगै उपभोक्ताको आर्थिक अवस्था सुदृढ हुनु आवश्यक रहेको उल्लेख गर्दै २५ प्रतिशत लागत साझेदारीमा ई–रिक्सा उपलब्ध गराइएको जानकारी दिए। उनले वातावरण प्रदूषण न्यूनीकरण र विपन्न परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए।
ई–रिक्सा हस्तान्तरण कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, वन कार्यालयका प्रतिनिधि, पत्रकार तथा स्थानीय उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया