

लुम्बिनी प्रदेशमा विपद्का घटना : एक महिनामै ४३ जनाको मृत्यु



बुटवल | लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्का घटनामा परेर ४३ जनाको मृत्यु भएको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् ।
बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायतका ३३५ वटा घटना हुँदा मानवीय क्षति भएको केन्द्रले जनाएको छ ।
बाढीमा परेर २, पानीमा डुबेर २७, आगलागीमा परेर १, विषाक्त खाद्य सेवनका कारण ४, सर्पदंशका कारण ८ र अन्यमा १ गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।
प्रदेशस्तरीय विवरणअनुसार दाङमा ७, कपिलवस्तुमा ९, रूपन्देहीमा ५, बाँकेमा २, गुल्मीमा २, पाल्पामा २, प्यूठानमा ४, बर्दियामा ३, अर्घाखाँचीमा २, नवलपरासी पश्चिममा २, रुकुम पूर्वमा एक र रोल्पामा ४ जनाको मृत्यु भएको छ ।
यी घटनाले ५१ लाख बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ । २१ निजी घर पूर्ण क्षतिग्रस्त भएका छन् भने १२ आंशिक क्षति भएका छन् । त्यस्तै, एक सरकारी भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा दुईवटा भवन आंशिक क्षति भएका छन् । पशु क्षति ३० र गोठ क्षति २० रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद् न्यूनीकरण तथा उद्धारमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई अझ सशक्त बनाउने तयारी गरिएको छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया