

रुपन्देही-३ मा रास्वपबाट उम्मेदवार बन्न ९ जनाको आवेदन




रुपन्देही-३ मा हुने उपचुनावका लागि रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । रास्वपाले बिहीबार फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो ।
रास्वपाका अनुसार पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, प्रदेश सदस्य र ०७९ का उम्मेदार जितबहादुर गुप्ता, रूपन्देही क्षेत्र नं ३ का सभापति मधु प्रसाद अर्याल, युवा कानुन व्यवसायी बुटवल सेमलारका शुलभ खरेल, पार्टीको जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना क्षेत्री, महिला नेतृ ज्ञानु पौडेल, डा.लेखजंग थापा, भैरहवाका पार्थीवेन्द्र उपाध्याय र पुनम कुमारी अग्रवालले उम्मेदवारीका लागि आवेदन दिएका छन् ।
रास्वपाले उम्मेदवार छनोटको प्रक्रियाको पहिलो चरणमा उम्मेदवारका लागि खुल्ला आह्वान गरेको थियो । उम्मेदवार बन्न इच्छुकले पार्टी र निर्वाचन आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरी साउन ७ गते देखि २१ गतेसम्मका लागि आवेदन खुलाएको थियो ।
यी नामहरू उपर शुक्रवार र शनिवार दाबी विरोध आह्वान गरिएको छ। शनिवार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ। २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ।
भदौ १२ र १३ गते तीन जना उम्मेदवारहरूको बिचमा प्रारम्भिक निर्वाचन गराइने र भदौ १५ गते उम्मेदवार तय गरिने रास्वपाले बताएको छ। रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया