

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने





नेपालले टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
आज प्रकाशन भएकाे खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ जापानसँग खेल्नेछ । सुपर सिक्सको शीर्ष तीनमा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने विश्व कप खेल्नेछ ।
नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टी-२० आई सिरिज खेल्नेछ ।
विश्वकप छनोटमा नेपाल, कुवेत र जापानसहित नाै राष्ट्रको सहभागिता रहने छ । सहभागी नाै राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा यूएई, मलेशिया र कतार रहँदा समूह ‘बी’ मा नेपाल, कुवेत र जापान रहेका छन् ।
समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र समओ रहेका छन् । समूहको शीर्ष दुईमा सुपर सिक्समा पुग्नेछन् । अक्टोबर १२ देखि १७ सुपर सिक्स हुनेछ र त्यसको शीर्ष तीनमा पर्ने टोली विश्व कपमा पुग्नेछ ।
भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप २०२६ मा २० राष्ट्रको सहभागिता रहनेछ । हिजो युरोप क्षेत्रीय छनोटबाट इटली र नेदरल्याण्ड्स छनोट भएसँगै विश्वकप खेल्ने १५ देशको छनोट भइसकेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया