

तपाईँलाई थाहा छ ? याे वर्षको मनसुनले २० लाख मानिस प्रभावित हुने अनुमान छ !



राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने आकलन गरेको छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण रहेकोले करिब २० लाख सर्वसाधारण सर्वसाधारण प्रभावित हुन आकलन रहेको जनाएको हो ।
प्राधिकरणको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । त्यसमध्ये २ लाख जना प्रत्यक्ष प्रभावित हुने देखिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।
विपद् जोखिम न्युनीकरणका लागि मनसुन सुरु हुने बित्तिकै केन्द्रदेखि स्थानीय तहमा प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय हुने उनको भनाइ छ । केसीले खोज तथा उद्धारका लागि बेलिब्रिज, र्याफ्टिङ बोट र हेभी इक्यूपमेन्टसहितका सामग्रीहरु प्रयाप्त मौज्दात राखिएको बताए । मनसुन प्रतिकार्यका लागि सबै स्थानीय तहलाई सक्रिय बनाउने गरि परिपत्रसमेत जारी भइसकेको उनले जानकारी दिए ।
त्यस्तै, केन्द्रीय र जिल्ला विपद् व्यवस्थापन कोषमा प्रयाप्त मौज्दातको सुनिश्चितता गरिएको प्राधिकरणले जनाएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया