



तपाईँलाई थाहा छ ? याे वर्षको मनसुनले २० लाख मानिस प्रभावित हुने अनुमान छ !


राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने आकलन गरेको छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण रहेकोले करिब २० लाख सर्वसाधारण सर्वसाधारण प्रभावित हुन आकलन रहेको जनाएको हो ।
प्राधिकरणको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । त्यसमध्ये २ लाख जना प्रत्यक्ष प्रभावित हुने देखिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।
विपद् जोखिम न्युनीकरणका लागि मनसुन सुरु हुने बित्तिकै केन्द्रदेखि स्थानीय तहमा प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय हुने उनको भनाइ छ । केसीले खोज तथा उद्धारका लागि बेलिब्रिज, र्याफ्टिङ बोट र हेभी इक्यूपमेन्टसहितका सामग्रीहरु प्रयाप्त मौज्दात राखिएको बताए । मनसुन प्रतिकार्यका लागि सबै स्थानीय तहलाई सक्रिय बनाउने गरि परिपत्रसमेत जारी भइसकेको उनले जानकारी दिए ।
त्यस्तै, केन्द्रीय र जिल्ला विपद् व्यवस्थापन कोषमा प्रयाप्त मौज्दातको सुनिश्चितता गरिएको प्राधिकरणले जनाएको छ ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया