

फेवाताल वरपरको १४ हजार पाँच सय ७० रोपनी संरक्षित क्षेत्र घोषित





पोखराको फेवाताल वरपरको ठाउँलाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त प्रयासमा सीमाङ्कन र नापजाँचपछि फेवाताल वरपरको १४ हजार पाँच सय ७० रोपनीलाई संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
दुई वर्षअघि सर्वोच्च अदालतले दिएको परमादेशअनुसार तालको उच्चतम जलस्तर ७५४.५५ मिटरलाई आधार मानी त्यसबाट ६५ मिटर वरपरको क्षेत्रलाई हरियाली क्षेत्र बनाउने योजना अघि बढाइएको छ ।
यो क्षेत्रमा रहेका घर, होटल, रेस्टुराँ, व्यापारिक भवनलगायत सबै संरचना ६ महिनाभित्र हटाउनुपर्नेछ । फेवातालको जलाधार क्षेत्र १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम गरिएको छ । त्यसमा ६५ मिटर थप्दा संरक्षण क्षेत्रको आकार १४ हजार पाँच सय ७० रोपनी भएको हो ।
सर्वोच्च अदालतको परमादेशले २०३१ सालसम्म फेवाताल क्षेत्रमा दर्ता भएका व्यक्तिगत, संस्थागत, सरकारी वा सार्वजनिक नामका सबै जग्गाको दर्ता खारेज गरी फेवातालको नाममा कायम गर्न आदेश दिएको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया