
प्रदेश र पालिकाका लागि आउँदो वर्ष ५ खर्ब ८२ अर्ब रुपैयाँ हस्तान्तरण हुने

राजस्व बाँडफाँट र विभिन्न अनुदान गरी सरकारले आउँदाे वर्ष प्रदेश र पालिकाहरूमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्त्रण हुने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आउँदाे वर्ष वित्तीय हस्तान्तरण अनुदानमार्फत प्रदेशमा ६० अर्ब ६६ कराेड र पालिकाहरूमा ८८ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिने बताउनुभयो । त्यस्तै सशर्त अनुदानतर्फ प्रदेशलाई ३० अर्ब ३५ करोड र पालिकाहरूका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।
पूर्वाधार आयोजना कार्यान्वयनका लागि दिइने अनुदानतर्फ समपूरकमा प्रदेशलाई ३ अर्ब २८ करोड र पालिकालाई १० अर्ब ६ करोड रुपैयाँ हस्तान्तरण गरिने छ । विशेष अनुदानतर्फ प्रदेशमा ३ अर्ब २७ करोड र पालिकाहरूका लागि ९ अर्ब ७८ करोड रुपैयाँ दिइने बजेटमा उल्लेख छ ।
आउँदाे वर्ष प्रदेशमा राजस्व बाडफाँट बाट १ खर्ब ६५ करोड रुपैयाँ हस्तान्तरण हुने अनुमान सरकारको छ । सरकारले सबै अनुदानलाई कार्य सम्पादनका आधारमा हस्तान्त्रण गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री पाैडेलले बताउनुभयाे


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया