

प्रदेश र पालिकाका लागि आउँदो वर्ष ५ खर्ब ८२ अर्ब रुपैयाँ हस्तान्तरण हुने



राजस्व बाँडफाँट र विभिन्न अनुदान गरी सरकारले आउँदाे वर्ष प्रदेश र पालिकाहरूमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्त्रण हुने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आउँदाे वर्ष वित्तीय हस्तान्तरण अनुदानमार्फत प्रदेशमा ६० अर्ब ६६ कराेड र पालिकाहरूमा ८८ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिने बताउनुभयो । त्यस्तै सशर्त अनुदानतर्फ प्रदेशलाई ३० अर्ब ३५ करोड र पालिकाहरूका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।
पूर्वाधार आयोजना कार्यान्वयनका लागि दिइने अनुदानतर्फ समपूरकमा प्रदेशलाई ३ अर्ब २८ करोड र पालिकालाई १० अर्ब ६ करोड रुपैयाँ हस्तान्तरण गरिने छ । विशेष अनुदानतर्फ प्रदेशमा ३ अर्ब २७ करोड र पालिकाहरूका लागि ९ अर्ब ७८ करोड रुपैयाँ दिइने बजेटमा उल्लेख छ ।
आउँदाे वर्ष प्रदेशमा राजस्व बाडफाँट बाट १ खर्ब ६५ करोड रुपैयाँ हस्तान्तरण हुने अनुमान सरकारको छ । सरकारले सबै अनुदानलाई कार्य सम्पादनका आधारमा हस्तान्त्रण गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री पाैडेलले बताउनुभयाे


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया