

अमेरिकामा सामुद्रिक आँधीको असर





इमाइसु नामक सामुद्रिक आँधी अमेरिकाको फ्लोरिडा नजिक पुगेको छ । आँधीसँगै ठूलो पानी पनि पर्ने भएकाले बाढी तथा डुबानको खतरा हुन सक्ने चेतावनी दिइएको छ ।
यो आँधीको वेग १ सय २० किलोमिटर प्रतिघण्टा रहने छ । आँधी आइपुग्नु अगाडि नै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन त्यहाँको जलवायु विज्ञानले आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी आउनुअघि नै फ्लोरिडामा आपतकालिन स्थिति घोषणा गर्नु भएको छ ।
फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आँधी तटीय क्षेत्रमा आइसकेकाले आम नागरिकलाई सचेत रहन आग्रह गर्नुभएको छ । अमेरिकी अन्तरिक्ष केन्द्र नासाले पनि आँधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया