

अमेरिका र क्यानडाबीचको पुरानो सम्बन्ध सकिएको प्रधानमन्त्री कार्नीको घोषणा





क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको घोषणा गर्नुभएको छ ।
उहाँले नियमित मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अर्थतन्त्रको गहिरो एकीकरण, कडा सुरक्षा र सैन्य सहकार्यमा आधारित अमेरिका र क्यानडाको पुरानो सम्बन्ध सकिएको बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गरिरहेका आफ्ना नागरिकले आधारभूत रूपमा क्यानडाको समग्र अर्थतन्त्रको पुनर्कल्पना गर्नुपर्ने प्रधानमन्त्री कार्नीको भनाइ रहेको बीबीसीले जनाएको छ ।
उहाँले प्रतिशोधात्मक रुपमा अमेरिकामा अधिकतम प्रभाव पर्ने गरि करको बदला र लगाउने तयारी गरिरहेको बताउनुभयो ।
ट्रम्पले हिजाे मात्रै पनि अमेरिकामा आउने सबै कार र कारका पार्टपुर्जाहरुमा २५% कर लगाउने घोषणा गर्नुभएको थियो ।
यो घोषणासँगै लिबरल पार्टीका नेता प्रधानमन्त्री कार्नीले १९६५ मा क्यानडा र अमेरिकाबीचको सबैभन्दा महत्त्वपूर्ण अटोमोटिभ उत्पादन सम्झौता अब समाप्त भएको बताउनुभएको छ ।
क्यानडाले अब क्यानेडियनहरूले नियन्त्रण गर्न सक्ने अर्थतन्त्र निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया