

सन्धिखर्क नगरपालिकाका कार्यालयमा ई– हाजिरी लागू


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र मातहतका कार्यालयहरूमा ढड्डा हाजिरी हटाएर ई– हाजिरी सुरुवात गरिएको छ । सन्धिखर्क नगरपालिकाको कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालय मातहतका सबै कर्मचारी शिक्षकले बिहान कार्यालय प्रवेश गर्दा र काम सकेर फर्कँदा ई–हाजिरी गर्न थालेका हुन ।
सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारी एक सय ५९ जना र नगरभित्रका १० वटा माध्यमिक विद्यालयका दुई सय ५७ जना शिक्षकरकर्मचारीका लागि ई–हाजिरी लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । कर्मचारीले अब ढड्डामा हाजिरी गर्न नपर्ने उहाँको भनाइ छ ।
आधारभूत तहका विद्यालयमा पनि छिट्टै यो हाजिरी प्रणाली लागू हुने नगरपालिकाले जनाएको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया