

बालदिवसको अवसरमा ‘प्याब्सन कपिलवस्तुद्धारा’ विविध कार्यक्रम सम्पन्न


कपिलवस्तु | ‘६० औं बालदिवस’को अवसरमा कपिलवस्तु प्याब्सनले शनिबार बुद्धभुमिमा विभिन्न रोचक कार्यक्रमहरूको आयोजना गर्दै दिवस मनाएको छ । बालबालिकाको क्षमतालाई प्रोत्साहन गर्न र बालबालिकाहरुमा विविध पक्षलाई उजागर गर्न गरिएको यस कार्यक्रममा कक्षा १–२ का विद्यार्थीहरूको लागि “वातावरणीय सौन्दर्यता” विषयमा चित्रकला प्रतियोगिता गरिएको थियो।
यही क्रममा, कक्षा ४–८ का बालबालिकाहरूलाई “भ्रस्टाचार न्यूनिकरणमा विद्यार्थीहरूको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरियो। यस प्रतियोगिताले विद्यार्थीहरूलाई सामाजिक समस्याबारे सोच्न र आफ्ना विचार अभिव्यक्त गर्न उत्प्रेरित गरेको छ ।
यस्तै प्याब्सनले आयोजना गरेको अर्को आकर्षक कार्यक्रम, कक्षा ८–१२ का बालिकाहरूका लागि “युवाहरूको वैदेशिक यात्राः रहर कि बाध्यता” विषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। यस वादविवादले युवा वर्गको वैदेशिक यात्राबारे विभिन्न दृष्टिकोण प्रस्तुत गर्ने मौका प्रदान गरेको छ ।
प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्याब्सनका केन्द्रिय सदस्य शिव प्रसाद गैरे उपस्थित थिए।
समापन समारोहमा बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ प्रमुख अतिथि थिए भने, कार्यक्रमको अन्य अतिथिहरूमा बुद्धभुमि नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराई र बाणगंगा नगर शिक्षा शाखाका प्रमुख खिमबहादुर जिसी लगाएत पनि सहभागी भएका थिए।
कार्यक्रमको समापनले बालबालिकामा सामाजिक जागरूकता र सिर्जनात्मक क्षमताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। यस आयोजनाले बालदिवसको उत्सवलाई अझ विशेष र सम्झनलायक बनाएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया