

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन तयारी , मन्त्री र सभामुखद्धारा पूर्वाधारको अनुगमन




कात्तिक १४, दाङ
लुम्बिनी प्रदेशको आउँदो हिउँदे अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा सञ्चालन गर्ने तयारी थालिएको छ ।
लुम्बिनी प्रदेशको आउँदो हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको हो । यसका लागि प्रदेश सरकार र प्रदेश सभाद्वारा संयुक्त रुपमा तयारी सुरु गरिएको छ ।
स्थायी राजधानीमा हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप शुक्रबार प्रदेश सभाका सभामुख, उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेको भौतिक पूर्वाधारको अवस्थाबारे अनुगमन गर्नुभएको हो ।
स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेश सभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरिएको हो ।
शुक्रबार प्रदेश सभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेका प्रदेश सभाका सभामुख घर्ती र कानुन मन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
यसअघि प्रदेश पूर्वाधार विकास प्राधिकरणको टोलीका साथै प्रदेशका प्रमुख सचिव र अर्थ सचिवद्वारा पनि स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्थाबारे अनुगमन गरिएको छ ।
सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कानुनमन्त्री कुलबहादुर केसीलगायतको टोलीले प्रदेश सभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरी सरोकारवालासँग छलफलसमेत गरेका छन् ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव, लमही नगरपालिका प्रमुख कुलबहादुर केसीलगायतका जनप्रतिनिधि, मालपोत, नापी कार्यालय, शिक्षा, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिहरुसँगसमेत छलफल भएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया