

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन तयारी , मन्त्री र सभामुखद्धारा पूर्वाधारको अनुगमन



कात्तिक १४, दाङ
लुम्बिनी प्रदेशको आउँदो हिउँदे अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा सञ्चालन गर्ने तयारी थालिएको छ ।
लुम्बिनी प्रदेशको आउँदो हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको हो । यसका लागि प्रदेश सरकार र प्रदेश सभाद्वारा संयुक्त रुपमा तयारी सुरु गरिएको छ ।
स्थायी राजधानीमा हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप शुक्रबार प्रदेश सभाका सभामुख, उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेको भौतिक पूर्वाधारको अवस्थाबारे अनुगमन गर्नुभएको हो ।
स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेश सभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरिएको हो ।
शुक्रबार प्रदेश सभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेका प्रदेश सभाका सभामुख घर्ती र कानुन मन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
यसअघि प्रदेश पूर्वाधार विकास प्राधिकरणको टोलीका साथै प्रदेशका प्रमुख सचिव र अर्थ सचिवद्वारा पनि स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्थाबारे अनुगमन गरिएको छ ।
सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कानुनमन्त्री कुलबहादुर केसीलगायतको टोलीले प्रदेश सभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरी सरोकारवालासँग छलफलसमेत गरेका छन् ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव, लमही नगरपालिका प्रमुख कुलबहादुर केसीलगायतका जनप्रतिनिधि, मालपोत, नापी कार्यालय, शिक्षा, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिहरुसँगसमेत छलफल भएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया