

बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार



कपिलवस्तु, भदौ २७ गते । बाणगंगा नदीमा एक्कासीआएको बाढीमा फसेका दुई दाजुभाइमध्ये सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार गरिएको छ भने भाइ अझै बेपत्ता छन् । बाणगंगा नगरपालिका–८ बोडगाउँका १८ वर्षीय रिदम लामा र उनका १० वर्षीय भाइ बुद्ध लामा बाणगंगा नगरपालिका–४ स्थित बाणगंगा नदीमा नुहाउन गएका बेला एक्कासी नदीको बहाव बढेपछि फसेका थिए । नदीको बीचमा रहेको टापुमा रुखमा चढेर बसेका रिदमको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।
शनिबार साँझ करिब ६ बजेतिर रबर बोटको प्रयोग गरी उद्धार टोलीले रिदमलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी २८ नंं. गणका सशस्त्र प्रहरी उपरिक्षक गोपाल अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार नदीमा एक्कासी बाढी आएपछि दुवै दाजुभाइ फसेको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारमा परिचालन गरिएको थियो । रिदमलाई उद्धार गरिए पनि उनका भाइ बुद्ध भने घटनास्थलमा फेला नपरेपछि खोजी कार्य जारी राखिएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले नदीको बहाव बढेका कारण रिदम नदीको बीचमा फसेको र सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार गरेको जानकारी दिनुभयो ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया