

प्रसिद्ध रामदतिवन धामको तेस्रो साधारणसभा सम्पन्न, दोस्रो अधिवेनबाट रायमाझीको नेतृत्वमा नयाँ समिति बन्यो



कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगंगा ९ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रामदतिवन धामको नयाँ नेतृत्व लक्ष्मण रायमाझीले पाएका छन् । शनिबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट लक्ष्मण रायमाझीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा कमल बेल्वासे, सचिवमा दिनेश कार्की, कोषाध्यक्षमा चन्द्रवर्ती थारु, सहसचिवमा यदुनाथ शर्मा (गोपाल) चयन भएका छन् भने सदस्यहरुमा मन्जु भुसाल सहित ७ सदसीय नयाँ कार्य समिति चयन भएको हो ।
यस्तै धामको कार्यसमितिमा २ सदस्य पछि बैठकले मनोनित गर्ने गरी नवराज बेल्वासेको संयोजत्वमा लेखा समिति बनेको छ ।
आयोजित साधारण सभामा वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आथितियता रहेको थियो । कार्याक्रमको सभामा बोल्दै धामको थप विकासका लागि आवश्यक पहल गर्ने वडा अध्यक्ष पौडेलले बताए ।
धामका पुर्व अध्यक्ष लाल बहादुर खड्का, जन्दिर प्रसाद थारु, समाजसेवी नारायण खनाल लगाएतको विशिष्ट आथितियता रहेको कार्यक्रममा विभिन्न संघसंस्था तथा प्रतिनिधिहरुको आथितियता रहेको थियो ।
कार्यक्रममा धामका आजीवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने पुर्व अध्यक्षहरु तथा धामका भोले बाबालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्पन्न साधारणसभा कार्यक्रममा धामका सचिव प्रेम नारायण पाण्डेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष चन्द्रवती थारुले २१ लाख ३६ हजार उनानब्बे बराबरको आय विवरण र २१ लाख ७३ हजार छ सय ७४ को व्याय हिसाब सहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रम धामका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, उपाध्यक्ष ऋषिकेश पोख्रेलको स्वागत मन्तव्य र सचवि प्रेम नारायण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित घना वन क्षेत्रमा अवस्थित राम देतिवन धाम हरेक वर्ष शिवरात्रिको बेला मेला लाग्ने धार्मिक स्थल हो। यस धामको पवित्रता र महिमा प्रति भक्तजनहरूको गहिरो आस्था छ।
राम दतिवन धाम, भगवान रामको नाममा प्रसिद्ध यो स्थल, प्राचीन धार्मिक परम्परामा गहिरो जरा गाडेको छ। शिवरात्रि पर्वका बेला यहाँ विशेष मेला लाग्ने गर्दछ, जसमा देशभरका विभिन्न स्थानबाट भक्तजनहरू सहभागी हुने गर्छन्। यस मेला अहिलेको धार्मिक पर्यटनको प्रमुख आकर्षणमा परिणत भएको छ।
अन्य समयमा समेत, विशेष गरी श्रद्धालुहरूले यहाँ दर्शन गर्न आउने गर्दछन्। बाणगंगा ७ कोइली बनगाइबाट राम देतिवन धाममा सजिलै पुग्न सकिन्छ, र यसले भक्तजनहरूलाई यहाँको पवित्र वातावरणको अनुभव गर्न मौका प्रदान गरेको छ । यहाँको विकास र संरक्षणका लागि केहि वर्ष अघि देखि व्यवस्थापन समिति बनाइ थप विकास र प्रचार प्रसारको कार्य अघि बढाइएको छ ।
हजारौँ भक्तजनहरूले हरेक वर्ष यहाँको धार्मिक वातावरणमा समाहित हुँदै भगवान रामको पूजा अर्चना गर्दछन्। यहाँको शान्तिपूर्ण वातावरण र धार्मिकता सँगै आउने व्यक्तिहरूलाई आन्तरिक शान्ति र मानसिक सन्तुलन प्राप्त गर्ने मौका मिल्दछ।
धार्मिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विकसित भएको राम दतिवन धामले आफ्नो ऐतिहासिक महत्व र भक्तजनहरूको आस्थालाई कायम राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको सम्प्न्न कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया