

मनसुन पश्चिमतर्फ सर्न अझै केही दिन लाग्ने, थप तीन दिन तातो हावा चल्ने चेतावनी !





काठमाडौं | तराईका जिल्लाहरूमा तीन दिन तातो हावा चल्ने चेतावनी दिइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गरी लुम्बिनी र सुदूरपश्चिमा तराईका भूभागहरूमा आजदेखि थप तीन दिन तातो हावा चल्ने जानकारी दिएको हो।
महाशाखाले अधिकतम तापक्रम लगातार ४० डिग्री सेल्सियसभन्दा माथि रहे त्यस्ता ठाउँहरूमा तातो हावा चलेको जानकारी गराउँदै सतर्क रहन भन्छ।
पश्चिम तराईका भूभागहरूमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। नेपालगन्ज र धनगढीमा ४२ डिग्री सेल्सियस नाघेको छ।
यसअघि जेठ २९ गते पनि महाशाखाले तीन दिन तातो हावाको चेतावनी दिएको थियो। सो अवधि हिजो (बिहीबार)सकिएपछि मौसमको अध्ययनपछि महाशाखाले पुनः बुलेटिन सार्वजनिक गरी असार २ गतेसम्म तातो हावा चल्ने जानकारी दिएको हो।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टे बाउँडिने, चक्कर आउने, बेहोस् हुने, मांशपेशीहरू दुख्ने, वान्ता हुने जस्ता समस्या देखिने महाशाखाले जारी सूचनामा उल्लेख छ।
त्यसबाट बँच्न घरभित्र बस्ने, धेरै बाहिर ननिस्कने, हलुका तथा सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त खान पनि महाशाखाले अनुरोध गरेको छ।
जेठ २८ गते नेपाल भित्रिएको मनसुन पश्चिमतिर सर्न सकेको छैन। मनसुन पश्चिमतर्फ सर्न अझै केही दिन लाग्ने बताइएको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया