

पाल्पाबाट अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ



पाल्पा : जिल्ला प्रहरी कार्यालय पाल्पाले भरुवा बन्दुकसहित ४६ वर्षीय लीलाबहादुर खत्रीलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
रैनादेवी छहरा गाउँपालिका–४, ठुलीपँधेरा बस्ने खत्रीलाई अवैध रुपमा एक नाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
बन्दुकका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण भेगमा अझै पनि भरुवा बन्दुक घरघरमै रहेका छन् । जंगली जनावरको सिकार गर्न ती बन्दुक प्रयोग हुने गरेको स्थानीयले बताए ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया