

पाल्पाबाट अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ



पाल्पा : जिल्ला प्रहरी कार्यालय पाल्पाले भरुवा बन्दुकसहित ४६ वर्षीय लीलाबहादुर खत्रीलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
रैनादेवी छहरा गाउँपालिका–४, ठुलीपँधेरा बस्ने खत्रीलाई अवैध रुपमा एक नाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
बन्दुकका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण भेगमा अझै पनि भरुवा बन्दुक घरघरमै रहेका छन् । जंगली जनावरको सिकार गर्न ती बन्दुक प्रयोग हुने गरेको स्थानीयले बताए ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया