

सरकारलाई विश्व स्वास्थ्य सङ्गठनको चेतावनी


कार्तिक ११, ई–साझाकुरा.
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ। सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ।
तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्नका लागि सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानम गेब्राएसेसले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए।
कोप्रति लक्षित ?
डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ ।
यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो। महानिर्देशक एड्हानमले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका थिए। उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित देखिन्छ।
यसअघि चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए। अमेरिकाले ‘महामारी नियन्त्रण गर्ने नभइ’ खोप बनाउने र चिकित्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्दै पराजित गर्न सकिने उनको विश्वास थियो।
बाइडनको टिप्पणी
राष्ट्रपतीय निर्वाचनका लागि करिब एक सातामात्रै बाँकी रहेको र अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला उनको यस्तो टिप्पणी आएको हो।
निर्वाचनका लागि डेमोक्र्याटतर्फका प्रतिस्पर्धी जो बाइडनले ह्वाइट हाउसले त्यस्तो प्रतिक्रिया जनाएर भाइरसविरुद्धको लडाइँमा हार स्वीकार गरेको बताएका छन्।
चिफ अफ स्टाफ मेडोजको टिप्पणीले ट्रम्प प्रशासनले ‘अमेरिकी जनताको संरक्षण गर्ने मूल कर्तब्यबाट हात उठाएको’ जनाएको उनको आरोप छ। सीएनएनसँगको अन्तर्वार्तामा मेडोजले कोरोनाभाइरस ‘अन्य फ्लू जस्तै सङ्क्रामक भाइरस’ भएकोले यसको नियन्त्रण यथार्थपरक उद्देश्य नभएको बताएका छन्।
विश्वव्यापी महामारी सुरु भएयता करिब २,२५,००० अमेरिकीहरूको ज्यान गइसकेको छ। कुनै पनि देशमा कोरोनाभाइरसका कारण मृत्यु हुने यो सबैभन्दा धेरै सङ्ख्या हो।
जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला केही दिनमा दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या ८० हजार नाघेको छ। यसअघि जुलाई १६ मा त्यहाँ एकैदिन सर्वाधिक सङ्ख्या ७७,३६२ थियो।


खबर सबै
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन






प्रतिक्रिया